काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्तिका चौधरी सर्वोच्च पुग्नुभएको हो । रिटको पेसी भोलिलाई तोकिएको छ ।
यसैबीच नागरिक उन्मुक्ति पार्टीको आधिकारिक अध्यक्षसम्बन्धी विवादमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ । पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित कैलाली जिल्ला अध्यक्षले रञ्जिता श्रेष्ठ र निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए ।
साथै उक्त महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीले निर्वाचन आयोगविरुद्ध दायर गरेको अर्को रिटलाई समेत १४ वैशाखमा एकसाथ राखेर सुनुवाइ गर्ने आदेश सर्वोच्चले गरेको छ ।