एमालेको हीरक जयन्तीमा विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव पदक’

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेको हीरक जयन्तीमा विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव पदक’

काठमाडौं । नेकपा एमालेले पार्टीको हीरक जयन्ती महोत्सवमा ‘राष्ट्रिय गौरव पदक’बाट पूर्वराष्ट्रपति एवं पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ ।

ललितपुरको गोदावरीमा शनिबार र आइतबार बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा यो प्रस्ताव प्रस्तुत गरिएको थियो । जसमा प्रतिनिधि परिषद् सदस्यहरुले सहमति जनाएका हुन् ।

पार्टीका तर्फबाट परिषद् बैठकको अध्यक्षता गर्नुभएका पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्ताव गर्नुभएको थियो । प्रस्ताव प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याउनुभएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिनुभएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हीरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताउनुभयो ।

‘हामी पार्टीको तर्फबाट भोलि हीरक जयन्ती महोत्सवमा सम्मान गरिने महत्त्वपूर्ण व्यक्तिका रुपमा आदरणीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई यो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको प्रस्तावका रुपमा अघि बढाउँछौँ । निर्णयका रुपमा यसलाई अघि बढाउँछौं ।’

नेकपा एमालेले सोमबार पार्टी स्थापनाको ७५औं वर्षगाँठ मनाउँदै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.