१५ महिनामा तीनपटक विश्वासको मत लिनु विडम्बना : प्रधानमन्त्री दाहाल

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
१५ महिनामा तीनपटक विश्वासको मत लिनु विडम्बना : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनामा तीनपटक विश्वासको मत लिनु विडम्बनाको भएको जनाएका छन् ।

काठमाडौंमा आज (मंगलबार) आयोजित एक कार्यक्रममा उनले आफ्नो प्रधानमन्त्रीको १५ महिने कार्यकालमा तीनपटक विश्वासको मत लिएको प्रसंग उल्लेख गर्दै यो आफैंमा विडम्बना भए पनि नेपालको आफ्नो विशेषता भएको बताए । दाहालले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढिरहेको दाबी पनि गरे ।

उनले तीनपटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरता भइरहेको र सरकार पुनःगठन भइरहेको बताए ।

भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूति गर्ने भन्दै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो-कोही भ्रष्टाचारीमाथि कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

सरकारले सुरक्षा, न्याय र विकासका तीनवटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी भएकाले त्यसका लागि संरचनागत सुधारका काममा लागेको उनको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement