पाँचथर । राजनीतिक वृत्तमा यतिखेर इलाम क्षेत्र २ चर्चामा छ । २०५६ सालदेखि निरन्तर चुनाव जित्दै आएका सुवासचन्द्र नेम्वाङको निधनपछि उप निर्वाचन तोकिएको हो । अहिले मनोनयन दर्ता गराएका बीसै जना उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् । बजार क्षेत्रका चोक चोकमा रहेका चिया पसलसम्म चुनावी चर्चा चुलिएपनि उम्मेदवारहरु गाँउवस्तीसम्म पुगेका छैनन् । जसका कारण इलाम-२ का गाउँमा चुनावी रौनक देखिदैन । इलामबाट सहकर्मी लक्ष्मी गौतम र विप्लव भट्टराइले इलामको देउमाइ पुगेर तयार पारेको यो रिपोर्ट ।