एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं अधिवेशनबाट अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। मंगलवार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठले ३ सय ६३ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी निवर्तमान जिल्ला अध्यक्ष कमल नेपालले ३ सय ४९ मत प्राप्त गरे । उपाध्यक्षमा अर्जुनकुमार भण्डारी विजयी भएका छन्। उनले तीन सय ४५ मत प्राप्त गरे।

उनका प्रतिस्पर्धी विष्णुमणि आचार्यले ३ सय ७ मत ल्याए। सचिवमा कृष्णगोपाल तामाङ चार सय ३ मत ल्याएर निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी यज्ञ सापकोटाले दुई सय ७० मत प्राप्त गरे। उपसचिवमा शिवहरि सापकोटाले तीन सय ३६ मत ल्याएर विजयी भए भने विजयकृष्ण श्रेष्ठ तीन सय १३ मत मात्रै पाएर पराजित भए।

महिलातर्फ उपसचिवमा सुशीला पाख्रिनले चार सय ५६ मत ल्याएर निर्वाचित भइन्। उनकी प्रतिद्वन्द्वी शोभा कार्कीले दुई सय आठ मत ल्याइन्। अधिवेशनमा ७ सय ४७ प्रतिनिधि थिए भने १ यस ५ सदस्यीय कमिटी चुनिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.