३४ वर्षमा १२ जना मात्र धनी भए : चन्द्र भण्डारी

‘मुलुक लुट्नेको ७ पुस्तासम्म पनि हामीले छोड्दैनौं’
चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
३४ वर्षमा १२ जना मात्र धनी भए : चन्द्र भण्डारी

काभ्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीले बहुदल आएपछि सीमित मान्छे धनी भएको खुलासा गरेका छन् ।

बनेपा नगर समितिको आयोजनामा भएको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै नेपालि काग्रेसका केन्दिय सदस्य एवं प्रतिनिधि सभा संसद डा चन्द्र भण्डारीले बहुदल आएपछि सिमित मान्छे घनी भएको खुलासा गरेका छन् ।

उनले बहुदल आएको ३४ वर्षमा जम्मा १२ जना मान्छे धनी भएको दाबी गरे । १२ जनाकै बैंक, उद्योग, बिमा र जलस्रोतको लाइसेन्स, अस्पताल, विद्यालय र जमिन खन्ने लाइसेन्स पाएको दाबी गरे । बनेपा नगर समितिको प्रथम नगर सम्मेलनमा उनले भने, ‘१२ जना छन् । ती १२ जनाले पैसाजति लगिसकेका छन् । नेताको पैसा पनि तिनैसँग छ । कर्मचारीको पैसा त्यहीँ छ । न्यायाधीशको पैसा नि तिनैसँग छ । हाम्रा नेता थुनियो भने केही हुँदैन तिनी थुनिए भने न्यायलयले तुरुन्तै छोड्न आदेश दिन्छ ।’

अपराध सबै समान रहेको र अपराध गर्नेलाई कारबाही गर्नुपर्ने उनको जिकिर थियो । उनले देशमा न्यायलय, कार्यपालिका र व्यवस्थापिका सबै नै इमानदार नभएको दाबी गरेका थिए । उनले यो मुलुक लुट्नेको सात पुस्तासम्म पनि आफूहरुले नछाड्ने भन्दै कार्यकर्तालाई विश्वस्त हुन सुझाएका छन् ।

सम्बोधनकै क्रममा उनले सबैलाई गाली गरेर हिँड्ने व्यक्ति मुलुकको नेता बन्न नसक्ने जिकिरसमेत गरे । ‘मुलुक बनाउनुपर्‍यो, हामी बनाउँछौं,’ उनले भने । कांग्रेसभन्दा अन्य राजनीतिक दलले मुलुक बनाउन नसक्ने उनको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.