परराष्ट्रमन्त्री श्रेष्ठले आज चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै

चैत्र १३, २०८० |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री श्रेष्ठले आज चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै

काठमाडौं । चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै छन् । बेइजिङमा हुने यीसँगको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा छलफल हुने जनाइएको छ ।

त्यस्तै बीरआरआई कार्यान्वयन तथा दुई देशबीच हुनसक्ने अन्य सहकार्यका विषयमा पनि छलफल हुने जनाइएको छ । मन्त्री श्रेष्ठले आज नै नेपाली दूतावासमा आयोजना हुने लगानीसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सो अवसरमा उनले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्ने छन् ।

हिजो बिहान बेइजिङ पुगेका मन्त्री श्रेष्ठले हिजो नै चिनियाँ जनराजनीतिक सल्लाहकार सभा-सीपीपीसीसीका अध्यक्ष वाङ हुनिङ र चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यहरूसँग भेटवार्ता गरेका थिए । ९ दिने भ्रमणकै क्रममा उनी छोङछिङ, तिब्बत र सिचुआन प्रान्त पनि जाने कार्यक्रम छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement