काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरूको समाधान गर्नु सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या साझा समस्या भएका बताए । ति समस्याहरूको समाधान गर्नु संसदमा भएका सबै राजनीतिक दलहरूको साझा दायित्व भएको उनको भनाइ छ ।
‘आज देशमा भएका जति पनि समस्या छन्, ती हाम्रा साझा समस्याहरू हुन्,’ उनले भने, ‘अविकास, बेरोजगारी, तस्करी, कमिशनतन्त्र, भ्रष्टाचार यो कुनै दल विशेषका वा व्यक्ति विशेषका कुरा होइनन् । राम्रो देशका साझा समस्या हुन् । ती समस्याहरूलाई समाधान गर्ने यो संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदहरूको, सबै दलहरूको र हामी सबैको साझा दायित्व हो ।’
समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी आवश्यक पर्ने भन्दै उनले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताए ।