काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सूर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले चालेको कदमको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को ७९औँ सभामा प्रशंसा भएको बताउनु भएको छ ।
विश्व स्वास्थ्य संगठनको ७९औँ सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्द स्वास्थ्यमन्त्री पौडेलले नेपालका केही कामको प्रशंसा भएको बताउनुभएको हो ।
सूर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाललाई विश्व स्वास्थ्य संगठनले पुरस्कृत गरेको हो । विश्व सूर्तीजन्य पदार्थविरूद्धको दिवसका अवसरमा सन् २०२५ का लागि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महानिर्देशकको विशेष सम्मान अवार्ड प्राप्त गरेको हो।
महासभामा मन्त्री पौडेललले नेपालका समस्या र आवश्यकताबारे बताएको पनि जानकारी दिनुभयो । महासभामा मन्त्री पौडेललले सबैमा स्वास्थ्य पहुँचका लागि श्रोत र प्राथमिकतामा जोड दिँदै विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।
उहाँले महामारी नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले गरेको सम्झौताको स्वागत पनि गर्नुभयो ।