धनकुटा । धनकुटाको दाह्रेगौडा-घुमाउने-मूलखर्क सडक स्तरोन्नति सुरू भएको छ । डिभिजन सडक कार्यालय धनकुटाको २ करोड ४ लाख रूपैयाँको लागतमा नाला, पर्खाल र कालोपत्रेको काम अघि बढेको हो ।
दाह्रेगौडाबाट घुमाउने-मूलखर्क हुँदै लेगुवा जोड्ने ३१ किलोमिटर मध्ये पहिलो खण्डको ७ सय मिटरमा कालोपत्रे गर्ने तयारी गरिएको छ । बहुवर्षे योजनामा अहिले, माटो कटिङ, ग्राभेल र टेवा पर्खालको काम भैरहेको छ ।
स्टक्चरको काम सकेर आगामी असार मसान्तसम्म आस्फल्ट कंकृटिङको काम पूरा गर्ने निर्माण कम्पनीले जनाएको छ ।