विवादास्पद मन्त्रीहरुबारे फागुन २० मा निर्णय लिन्छु : प्रधानमन्त्री

फाल्गुन १६, २०८० |कान्तिपुर टीभी संवाददाता
विवादास्पद मन्त्रीहरुबारे फागुन २० मा निर्णय लिन्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विवादास्पद मन्त्रीहरुबारे फागुन २० गते निर्णय लिने बताएका छन् ।

नेपाल आर्ट काउन्सिलमा आयोजित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८० कार्यक्रममा सहभागी भई बाहिर निस्कने क्रममा सञ्चारकर्मीको प्रश्नमा दाहालले फागुन २० गते विवादास्पद मन्त्रीका बारेमा आफूले ठोस निर्णय लिने बताएका हुन् ।

विवादास्पद मन्त्रीहरुबारे निर्णय नलिएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । संसदमा पनि दाहाल नेतृत्वको सरकारका तीन मन्त्रीहरु प्रकाश ज्वाला, मोहनबहादुर बस्नेत र सुदन किराँतिको प्रतिपक्षी दलहरुले राजिनामा माग गरिरहेका छन् । तर, दाहाल भने सुनेको नसुनेझै गरेर बस्दै आएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.