माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी

फाल्गुन १६, २०८० |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरुको कार्यविभाजन, पार्टीले सञ्चालन गर्ने जागरण अभियान तथा समसामयिक राजनीतिक अवस्थामाथि छलफल भइरहेको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

यसअघि हिजो बसेको बैठकमा नेताहरुले सत्ता साझेदार नेपाली कांग्रेसको कार्यशैलीको आलोचना गरेका थिए । नेताहरुले कांग्रेस महासमिति बैठकबाट गठबन्धन र सरकारका बारेमा तय गरेको धारणाका बारेमा स्पष्ट जवाफ माग्न पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका थिए । नेताहरुले राष्ट्रियसभाको अध्यक्षमा दाबी नछाड्न पनि नेतृत्वलाई सुझाव दिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.