इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन : निर्वाचन आयोग

फाल्गुन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन : निर्वाचन आयोग

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र सुदूरपश्चिम प्रदेशसभा अन्तर्गत बझाङ १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । 

आज बसेको निर्वाचन आयोगको बैठकले ती दुई क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो ।

इलाम-२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ १ मा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि ती स्थान रिक्त थिए । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री समेत रहेका सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएको थियो । संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गत भदौ २६ मा निधन भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.