राप्रपाको देशभर प्रदर्शन, प्रधानमन्त्रीलाई बुझायो ४० बुँदे माग (पूर्णपाठ)

संवैधानिक राजतन्त्र र हिन्दु राज्य घोषणा तथा प्रदेश खारेजीको माग
फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
राप्रपाको देशभर प्रदर्शन, प्रधानमन्त्रीलाई बुझायो ४० बुँदे माग (पूर्णपाठ)

काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य घोषणा तथा प्रदेश खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशभर प्रदर्शन गरेको छ । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे ज्ञापनपत्रसमेत बुझाएको छ ।

राप्रपाका शीर्ष नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राज्य स्थापना र प्रदेश संरचना खारेजीको माग गर्दै राप्रपाले ज्ञापन बुझाएको हो ।

त्यसैगरी राप्रपाले केन्द्र र स्थानीय दुई तहको सरकार, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, जनप्रतिनिधि कटौती, भ्रष्टाचार नियन्त्रण, सुशासनलगायतका ४० बुँदे माग राखेको छ ।

राप्रपाले आजै काठमाडौंसहितका विभिन्न जिल्ला सदरमुकाममा समेत दबाबमूलक प्रदर्शन गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.