मधेशका मुख्यमन्त्री हटाउन गठबन्धनभित्रै गृहकार्य

माघ २६, २०८० |कान्तिपुर टीभी संवाददाता
मधेशका मुख्यमन्त्री हटाउन गठबन्धनभित्रै गृहकार्य

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूखुसी निर्णय गर्ने र बजेट पनि एकलौटी गरेको भन्दै गठबन्धनका अन्य दल असन्तुष्ट छन् । यादवलाई परिवर्तन गर्नेबारे केन्द्रीय गठबन्धनमा छलफल सुरु भइसकेको छ ।

गठबन्धन दलमा मधेससहित सातवटै प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने र उनीहरुको समय नै तोकेर जाने विषयमा प्रारम्भिक छलफल भए पनि निर्णय भने भएको छैन । मुख्यमन्त्रीहरुले आफूखुसी निर्णय गर्दा गठबन्धन दलभित्रै विश्वासको संकट देखिएको थियो । विशेषगरी मधेशका मुख्यमन्त्री यादवप्रति गठबन्धन दलको बढी असन्तुष्टि छ ।

टिक्ला मधेशमा सरोज यादवको सरकार ?

सत्तारुढ जनता समाजवादी पार्टीले भने एक वर्षअघि गठबन्धन बनाउँदा भएको सहमतिअनुसार नै अघि बढ्नुपर्ने बताएको छ ।

जनता समाजवादी पार्टी नेतृत्वको मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् । मुख्यमन्त्री यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टी भने सरकारबाट बाहिरिइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.