‘केही नेपाल ऐन संशोधन विधेयक’का संशोधनकर्तासँग छलफल

माघ १४, २०८० |कान्तिपुर टीभी संवाददाता
‘केही नेपाल ऐन संशोधन विधेयक’का संशोधनकर्तासँग छलफल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐन संशोधन विधेयकका संशोधनकर्तासँग छलफल सुरु भएको छ । संशोधनकर्ताहरुले सरकारले एकैपटक यति धेरै कानुन एउटै विधेयकमा किन अगाडि बढाउनु पर्यो भनेर प्रश्न गरेका छन् ।

समितिको आजको बैठकमा सांसदहरुले एकैपटक यति धेरै कानुन एउटै विधेयकमा ल्याउन किन आवश्यक भयो भनेर प्रश्न गरेका हुन् । उनीहरुले राजनीतिक आवरणमा हिंसालाई प्रवर्द्धन गर्नेलाई पनि छुट दिने गरी कानुन बनाउन नहुने तर्क राखे ।

कानुनमन्त्री धनराज गुरुङले भने सरकारको नियतमा शंका नगर्न आग्रह गरे ।

सरकारले नौ महिनाअघि संसद्‌मा पेस गरेको केही नेपाल संशोधन गर्न बनेको विधयेक समितिमा विचाराधीन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.