भारतीय विदेश सचिव मिश्री आज काठमाडौं आउँदै

भाद्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतीय विदेश सचिव मिश्री आज काठमाडौं आउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको पूर्वतयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौ आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका लागि मिश्री आज नेपाल आउन लाग्नुभएको हो ।

काठमाडौंस्थित भारतीय दूतवाासले विदेश सचिव मिश्री नेपालको औपचारिक भ्रमणमा आउन लागेको जनाएको छ । विदेश सचिव मिश्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थपअघि बढाउने अवसरका रुपमा लिइएको दूतावासले जनाएको छ । 

मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुहुने छ । नेपाल भ्रमणमा रहँदा मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओलीलगायतसँग भेटघाट गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले भदौ ३१ गते भारत भ्रमणको तयारीमा हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.