हाम्रो संविधान राम्रो तर एकल बहुमतीय सरकार बनाउन बाधक : शेरबहादुर देउवा

पुस २, २०८० |राजकृष्ण श्रेष्ठ
हाम्रो संविधान राम्रो तर एकल बहुमतीय सरकार बनाउन बाधक : शेरबहादुर देउवा

नुवाकोट । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो संविधान राम्रो भए पनि एकल बहुमतीय सरकार निर्माणका लागि वर्तमान संविधान बाधक रहेको बताएका छन् ।

नेपाली कांग्रेसको नुवाकोटको आज (सोमबार) प्रथम जिल्ला सम्मेलन उद्घाटनका क्रममा सदमुकाम विदुर आइपुगेका देउवाले समानुपातिक, समावेशी तथा महिला, आदिवासी जनजातिलगायत सबैलाई प्रतिनिधित्व गराउने किसिमको संविधानको चरित्र रहेकाले कुनै एकदलको बहुमतीय सरकार निर्माणमा भने बाधक रहेको टिप्पणी गरे ।

सोही कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै लड्ने अभिव्यक्तिप्रति आफूलाई आफ्नै छाया र साथीहरुसँग डर लाग्ने गरेको धारणा राखे । कांग्रेस नेता, कार्यकर्ताबीच रहेको किचलो तथा अन्तर्संघर्ष तथा अस्वस्थ प्रतिस्पर्धाप्रति संकेत गर्दै कोइरालाले सबै एकढिक्का भएर संगठनलाई चुस्त बनाउन आग्रह गरे ।

सम्मेलनमा कोइरालाले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका सबै मन्त्रीलाई रिपोर्ट कार्ड मागेकोप्रति कटाक्ष प्रधानमन्त्रीले पनि रिपोर्ट कार्ड दिन माग गरे । नुवाकोटमा भएको आजको कार्यक्रममा पार्टीभित्रको अन्तर्संघर्ष प्रस्टै देखिन्थ्यो ।


Image

राजकृष्ण श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता हुन् ।