माइतीघरमा गर्ने भनिएको युवा सङ्घको कार्यक्रम तीनकुनेमा

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
माइतीघरमा गर्ने भनिएको युवा सङ्घको कार्यक्रम तीनकुनेमा

काठमाडौं । मङ्सिर ७ गते माइतीघरमा आयोजना गर्ने भनिएको राष्ट्रिय युवा सङ्घको कार्यक्रम तीनकुनेमा हुने हुने भएको छ । 

युवा सङ्घले माइतीघर मण्डलामा यही ७ गते ‘युवा-विद्यार्थी विशेष कार्यक्रम’ आयोजना गर्ने तयारी गरेको थियो । तर सरकारले आजै माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई ३० दिनसम्म भेला तथा कार्यक्रम गन निषेध गर्ने निर्णय गरेकाले युवा सङ्घले उक्त कार्यक्रमलाई सोही मिति र समयमा काठमाडौंको तीनकुनेमा गर्ने जनाएको छ ।

यस्तै सोही दिन एक अर्को समूहले पनि काठमाडौँमा भेला आयोजना गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार...

माइतीघरमा गर्ने भनिएको युवा सङ्घको कार्यक्रम तीनकुनेमा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.