सीमा समस्या समाधान गर्न भारतीय समकक्षीसँग कुराकानी भएको छ : प्रधानमन्त्री दाहाल

मंसिर ३, २०८० |कान्तिपुर टीभी संवाददाता
सीमा समस्या समाधान गर्न भारतीय समकक्षीसँग कुराकानी भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतबीचको सीमा समस्या समाधान गर्न भारतीय समकक्षीसँग कुराकानी भएको बताएका छन् ।

रुकुमपूर्वको पुथा उत्तरगंगामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले लामो समयदेखि चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको जानकारी दिए । विद्युत् व्यापारमा नयाँ पहल भएको तथा नेपाल र चीनबीच विभिन्न नाका खोल्ने सहमति भएको समेत उनको भनाइ छ । हिमाली नाकासँग सम्बन्धित रहेर थुप्रै परियोजना सञ्चालनका लागि चीनसँग सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोही परियोजनाअन्तर्गतको एउटा आयोजना रुकुमपूर्वमा पनि ल्याइने स्पष्ट पारे ।

उक्त परियोजनाले जिल्लाका नागरिकको जीवनस्तरमा सुधार आउने उनको भनाइ छ ।

उनले भ्रष्टाचार अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको समेत बताए । भूमाफियाविरुद्ध अभियान सुरु गरेर हजारौं जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि आमजनताको सार्थक सहयोग जरुरी रहेको बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.