कांग्रेसमा संस्थागत निर्णय नहुँदा विवाद

कार्तिक ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
कांग्रेसमा संस्थागत निर्णय नहुँदा विवाद

काठमाडौं । सरकारको मुख्य घटक नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाले महत्त्वपूर्ण निर्णय गर्दा पार्टीभित्र छलफलै नगरी एकलौटी गर्ने गरेको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।

सरकारले गरेका कतिपय निर्णयलाई लिएर समेत पार्टीभित्र असन्तुष्टि चुलिएको हो । संघमा नौ वटा मन्त्रालय सम्हालेको कांग्रेसमा मन्त्रिपरिषद्ले गरेका कतिपय निर्णयमा कांग्रेसकै पदाधिकारीले असन्तुष्टि जनाउँदै आएका छन् ।

तर संसदीय दलका मुख्य सचेतक रमेश लेखक भने वैचारिक असहमति हुने गरे पनि निर्णय भने सामूहिक रुपमै लिने गरिएको बताउँछन् ।

पछिल्लोपटक टिकटक बन्द गर्ने सरकारको निर्णयलाई लिएर कांग्रेसभित्रको असन्तुष्टि पुन: सतहमा आएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको समर्थनमा उक्त निर्णय लिइएको बताइरहँदा महामन्त्री गगन थापाले भने सरकार उल्टो दिशामा हिँडेको भन्दै निर्णयको आलोचना गरिरहेका छन् ।

संविधान दिवसका अवसरमा सरकारले गम्भीर अपराधमा अदालतबाट दोषी ठहर भइ कैद भुक्तान गरिरहेकाको कैद माफी मिनाहा गरेकामा मन्त्रीले नै अनभिज्ञता जनाएका थिए । प्रदेश सरकार गठनमा पार्टीमा छलफल नभएकोमा कोशी प्रदेशमा नेता शेखर कोइरालाले आफूनिकट केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर चरम असन्तुष्टि देखाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement