युवालाई वर्तमानको हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

भाद्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
युवालाई वर्तमानको हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको जनाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवालाई वर्तमानको हिस्सेदार बनाउन सरकार प्रतिबद्ध रहेको जनाए । उनले दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकुल बनाउँदै नेपाली युवालाई वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रुपले प्रतिबद्ध रहेको उल्लेख गरे ।

‘दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकुल बनाउँदै नेपाली युवालाई भोलिका उत्तराधिकार मात्र होइन, वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रुपले प्रतिबद्ध रहेको छ,’ उनले भने, ‘हामीले एकातिर युवामा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नु परेको छ भने अर्कोतिर युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी छ ।’

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको बताए । उनले न्युयोर्कमा आफूले अति कम विकसित देशको मुद्दा र समस्याका साथै जलवायु परिवर्तनबाट नेपाल जस्ता देशलाई परेको असरका बारेमा सम्बोधन गर्ने जानकारी दिए । उनले नेपालको शान्ति प्रक्रियाका बारेमा पनि सभामा सम्बोधन गर्ने जनाए। साथै चीन भ्रमणमा नेपाल र चीनको द्विपक्षीय सम्बन्ध विस्तार, नयाँ नाका खोल्ने र कृषि, शिक्षा, स्वास्थ्यका साथै कृषिमा आधारित उद्योग खोल्ने कुरा विशेष प्राथमिकतामा रहेको जनाए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.