काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/८१ को बजेटमाथि छलफल चलिरहेको छ ।
प्रतिनिधिसभामा सरकारले आगामी आव ०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरुले धारणा राखिरहेका छन् । बैठकको सुरुमा सांसदहरुले शून्य समयमा आम सरोकारका विषयमा धारणा राखेका थिए ।
शून्य समयपछि सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफल प्रारम्भ गरेका हुन् ।