संघीय संसदका दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
संघीय संसदका दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिनिधिसभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने छ ।

यस्तै राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने छन् । मंगलबार बोलाइएको राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित भएको थियो । विशेष कारणवश बस्न नसक्ने भएको उल्लेख गर्दै मंगलबारको बैठक आजलाई सारिएको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी गराएका थिए ।

बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची छ ।

साथै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत बजेटमाथि सदस्यहरुले आफ्ना धारणा राख्ने कार्यक्रम छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.