एमालेले तोक्यो नेताहरुको जिम्मेवारी (पूर्ण पाठसहित)

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
एमालेले तोक्यो नेताहरुको जिम्मेवारी (पूर्ण पाठसहित)

काठमाडौं । नेकपा एमालेले नेताहरुको जिम्मेवारी व्यापक हेरफेर गर्दै अर्को एक वर्षे अभियान सञ्चालन गर्ने भएको छ ।

एमालेले मंगलबार अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरुको जिम्मेवारी तोकेको हो ।

अन्तरपार्टी निर्देशनमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ । यस्तै, प्रदेश, जिल्ला र पालिकाहरुमा इन्चार्ज तोकेको छ ।

पार्टी उपाध्यक्ष र उपमहाचिवहरुलाई विभागको जिम्मेवारी दिएको छ भने सचिवहरुलाई प्रदेश इन्चार्ज बनाएको छ ।

जिल्लाको इन्चार्जमा स्थायी कमिटी, पोलिटब्युरो र अपुग भएको स्थानमा सांगठनिक अनुभव भएका केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.