दाहालले अझै विस्तार गर्न सकेनन् मन्त्रिपरिषद्

चैत्र ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
दाहालले अझै विस्तार गर्न सकेनन् मन्त्रिपरिषद्

काठमाडौं । प्रतिनिधिसभामा दोस्रो पटक विश्वासको मत लिए लगत्तै चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहालले आजसम्म सत्ता गठबन्धनको बैठकसम्म राख्न सकेनन् । 

शनिबार प्रधानमन्त्री दाहाल माओवादी केन्द्रको पदाधिकारी बैठकमा सहभागी बने भने नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलायो । सरकारको भागबन्डा मिलाउन भोलि गठबन्धन बोलाउने प्रधानमन्त्रीको तयारी छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार र पर्सि सोमबार गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालले यसबीचमा गठबन्धनका केही घटकसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरे पनि सहमति भने जुटिसकेको छैन ।

प्रधानमन्त्री दाहालले गठबन्धन बैठक राखेर मन्त्रालय बाँडफाँटको प्रस्ताव गर्ने तयारी गरेका छन् ।

शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका बारेमा अन्य दलसँग भएको छलफलबारे जानकारी गराएका छन् । 

संसदमा दर्ता भएका विधेयकलाई यथाशक्य छिटो टुङ्गोमा पुर्‍याउने विषयमा पनि बैठकमा छलफलमा भएको नेताहरूले जानकारी दिएका छन् ।

गठबन्धनको बैठक कहिलेसम्म बस्छ भन्ने टुङ्गो लागिसकेको छैन ।

सम्बन्धित समाचार...

सोमबारसम्म मन्त्रीपरिषद्लाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement