शतप्रतिशत सांसदले विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री दाहाल (भिडियोसहित)

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
शतप्रतिशत सांसदले विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री दाहाल (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमबारको प्रतिनिधिसभा बैठकबाट सय प्रतिशत सांसदको विश्वासको मत पाउने आशा राखेको जनाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबार (भोलि) शत प्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको जनाए । उनले भने, ‘मैले त आशाको कुरा गर्दा- पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । उनलाई हालसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.