विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री (भिडियोसहित)

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले सोमबारको बैठकबाट विश्वासको मत लिने गरी व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएको दाहालले २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला २ सय ६९ सांसदको विश्वास पाएका उनले सरकारबाट नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिँदै समर्थन फिर्ता लिए पनि पुन: विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यही कारण उनले सोमबार विश्वासको मत लिने तयारी गरेका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएका दलहरुको समर्थन लिएर विश्वासको मत लिने दाहालको योजना छ । विश्वासको मत पाउन १ सय ३८ सांसदको समर्थन जुटाउनुपर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement