प्रधानमन्त्रीले भने- उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ

फाल्गुन २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीले भने- उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने जनाएका छन् ।

राष्ट्रपति निर्वाचनपछि बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको जनाए । उनले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने पनि जानकारी दिए ।

‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ । तर समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको छ,’ उनले भने, ‘अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ । उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ ।’

राष्ट्रपति निर्वाचनबाट आज (बिहीबार) नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement