सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय, राष्ट्रपतिमा कसलाई सघाउनेमा अनिर्णित

फाल्गुन १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय, राष्ट्रपतिमा कसलाई सघाउनेमा अनिर्णित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा सोमबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्म सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सह-महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्नेबारे कुनै निर्णय लिइनसकेको स्पष्ट पारे ।

सह-महामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेको जानकारी पनि दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.