सरकारबाट बाहिरिने राप्रपाको निर्णय

फाल्गुन १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकारबाट बाहिरिने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरीने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको उक्त आकस्मिक बैठकले राप्रपा सरकारबाट बाहिरिने नर्णय गरेको हो ।

बैठकको निर्णयबारै जानकारी दिँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने, 'राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहजस्ता विषयलाई मूल आधार बनाएर सरकार निर्माण गरेका थियौँ र त्यसै पृषठभूमिमा हामी सरकारमा सहभागी भएका थियौँ । त्यही अवस्थामै अब चाहीँ त्यो सहकार्य कायम रहेन ।'

नयाँ बनेको राजनीतिक समीकरणकाबीच आफू सरकारमै रहने या बाहिरिने भन्नेबारे निर्णय गर्न आज बिहान राप्रपाले आकश्मिक बैठक बोलाएको थियो । पार्टीले सरकारबाट बाहिरीने निर्णय गरेसँग राप्रपाका मन्त्रीहरू राजिनामा दिन जाँदै छन् ।

नयाँ राजनीतिक परिस्थिति सृजना भएकाले पार्टीले कसरी अगाडि बढ्ने विषयमा निर्णय लिन बैठक बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । कांग्रेस, मा‌ओवादी, एकीकृत समाजवादी पार्टीले आलोपालो सरकार चलाउने सहमति पछि सत्तारुढ राप्रपा छलफलमा जुटेको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement