आजको संसद् बैठकमा प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रतिवेदन प्रस्तुत हुने

फाल्गुन १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
आजको संसद् बैठकमा प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रतिवेदन प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति’ ले तयार पारेको प्रतिवेदन प्रस्तुत हुने भएको छ ।

साबिकको प्रतिनिधिसभा नियमावलीमा आवश्यक संशोधनका लागि गठित समितिले तयार पारेको प्रतिवेदन समितिका सभापति सांसद चित्रबहादुर केसीले संसद बैठकमा प्रस्तुत गर्न लागेका हुन् ।

नयाँ नियमावलीमा फौजदारी अधियोग लागेको संसदको निलम्बन, महाअभियोग प्रस्तावको निरन्तरता र संसदीय समितिमा स्वार्थ बाझिने प्रतिनिधित्वलाई निरुत्साहित गराउने लगायतका नयाँ प्रावधान समेटिनुपर्ने समितिको निष्कर्ष छ ।

प्रतिनिधिसभाको नयाँ निर्वाचन भएसँगै नियमावली परिमार्जन गर्ने प्रचलन रही आएको छ । मंसिरको चुनावपछि गठित प्रतिनिधिसभाका अहिलेसम्मका बैठकहरु भने साविककै नियमावलीबाट सञ्चालन हुँदै आएका छन् ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ) सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसमेत पेश गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.