'एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा'

माघ ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
'एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा पनि राष्ट्रिय सहमति हुनुपर्ने दावी गरेका छन् ।

उनले सत्तारुढ दलहरुबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएकोसमेत स्पष्ट पारे । देवराज घिमिरे सभामुखमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, 'एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा । नेकपा एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो ।’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडा भित्र राख्न खोजेको टिप्पणी गरेका थिए । शर्माको उक्त अभिव्यक्तिलाई  ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिंजडा देख्नु अशुभको संकेत भएको तर्क गरे ।

उनले यसअघिको गठबन्धन सरकारले रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अभ्यास गरेकाले त्यसलाई निरन्तरता दिनेक्रममा आफू पनि संयन्त्रको संयोजक हुन पुगेकोसमेत जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.