गृहमन्त्री बने रवि लामिछाने

पुस ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री बने रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसँगै गृहमन्त्री बनेका छन् ।

शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीमा तीनजना नियुक्त भएका छन् । जसमा लामिछानेसहित एमालेका विष्णु पौडेल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ नियुक्त भएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement