लम्साललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
लम्साललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ ।

अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रशासनले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । बलात्कारसम्बन्धी कसुरमा जाहेरी नआएपछि प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा म्याद लिएर हिरासतमा राखेको हो । 

अमेरिकामा बस्ने एक जना युवतीले आफू लम्सालबाट बलात्कृत भएको भन्दै सामाजिक सञ्जाल (फेसबुक)मा स्टाटस लेखेकी थिइन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.