प्यूठानमा गएराति आगलागी हुँदा २२ घरगोठ जले, करोडौँको क्षति

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्यूठानमा गएराति आगलागी हुँदा २२ घरगोठ जले, करोडौँको क्षति

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका १ छेडाघाटमा आगलागी हुँदा २२ घरगोठ जलेर नष्ट भएका छन् । 

गएराति करिब १२ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको थियो । आगोले स्थानीयका ८ घर र १४ गोठ जलेर नष्ट भयको ऐरावती गाउँपालिका वडा न १ का वडा अध्यक्ष अमर रेस्मी मगरले जानकारी दिनुभयो । ऐरावती गाउँपालिका वडा नं. १ छेडाघाट बस्ने लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट सल्किएको आगोले स्थानिय १३ जनाको घरगोठ जलेको जिल्ला प्रहरी कार्यलय प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरि अधिकारिले बताउनुभयो । 

आगलागीबाट स्थानीयका ८ घर र १४ गोठ जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि घरमा रहेका अन्नपात र एक सयभन्दा बढी बाख्रा जलेर मरेको छ । आगलागीबाट ९३ करोड ५० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.