
भोजपुर । रैथाने खाना र संस्कृतिको प्रवर्दन गरी पर्यटन विकास गर्ने उद्देश्यसहित भोजपुरको चखेवामा महोत्सव हुने भएको छ।
चैत ३० गतेदेखि बैशाख दुई गतेसम्म महोत्सव आयोजना हुन लागेको हो। कृषि उत्पादन र उद्यमसँग सम्बन्धी, हस्तकलाबाट निर्मित राडीपाखीहरूको र स्थानीय परिकारको स्टलहरू राखिने महोत्सवले रैथाने खाना र कृषि उत्पादनको प्रर्वद्धन तथा बजारीकरणका साथै मुन्दुम पदमार्गको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ।