प्रधानमन्त्री कप : सुदूरमाथि मधेश जित

चैत्र ११, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप : सुदूरमाथि मधेश जित

काठमाडौं । प्रधानमन्त्री कपअन्तर्गत बुधबार भएको अर्को खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । 

योसँगै मधेशले जारी प्रतियोगितामा जितको खाता खोलेको छ । बीरगन्जको नारायणी क्रिकेट मैदानमा मधेशले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । सुदूरले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ६० रन बनायो । अभिषेक पालले ३३, किरण ठगुन्ना र नारायण जोशीले समान २३ रन बनाए । 

अशोक धामी १९ रनमा अविजीत रहे । अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । अरनिको यादवले तीन विकेट लिए । मधेशले ३३ ओभर ४ बलमा पाँच विकेट गुमाएर लक्ष्य पुर्यायो । मयन यादव १३, कप्तान अनिल यादव १३ रन र हिमांशु दत्त शुन्यमा आउट भएपछि मधेश दबाबमा आएको थियो । तर, अरनिकोले अविजीत ४६ र आदिल आलमले ३४ रन बनाउँदै मधेशलाई जारी प्रतियोगितामा पहिलो जीत दिलाए । अशोकले तीन विकेट लिए ।