
काठमाडौं । रिक्त रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि इटालियन कोच गुलिएल्मो एरिनालाई अखिल नेपाल फुटबल संघ-एन्फाले नियुक्तिको तयारी गरेको छ।
उनीसँगको सम्झौता प्रक्रियामा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन्। इटाली र तथा स्विटजरल्यान्डका ५२ वर्षे नागरिक गुलिएल्मोले अहिलेसम्म तीन सयभन्दा धेरै खेलको प्रशिक्षण गरिसकेका छन्। एकै टिममा लामो व्यवसायिक करियर नभए पनि उनीसँग यसअघि लाओसको राष्ट्रिय र यू-२३ टिम सम्हालेको अनुभव छ।
सन् २००३ मा बुर्किना फासोको प्रिमियर डिभिजन क्लब यानेन्गाबाट प्रशिक्षण करियर सुरू गरेका थिए। त्यसपछि उनले बेनिन, मोरोक्को, सिंगापुर, अल्जेरिया, यूएई र ओमानको क्लबमा रहेर प्रशिक्षण गरिसकेका छन्। उनले त्यहाँको शीर्ष र दोस्रो डिभिजन लिगमा प्रशिक्षण गरेका थिए।
चनइना सुपर लिग क्लब हाङ्चोउ र यूएईमा उनले अल हिस्नबाट पनि प्रशिक्षण गरेका छन्। सन् २०१७ देखि २०२२ सम्म फ्रि-एजेन्ट रहेका उनले त्यसयता मोरोक्को बोतला र लाओसको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका थिए। गत वर्ष उनी मोरोक्कोको बोतोलो प्रो मा प्रशिक्षणमा थिए।
उनले १५ वटा प्रतियोगितामा टिमलाई सहभागी गराएको बताएका छन्। उनले तीन राष्ट्रिय उपाधि जितेका छन् भने एसिया र अफ्रिकामा दुई टिमलाई बढुवा गराएका छन्।