
धनुषा । प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेको बेला धनुषामा एक साताभित्र दुई जना युवतीको हत्या भएको छ ।
गत माघ महिनाको अन्तिम साता छुट्टा-छुट्टै स्थानमा हत्या भए पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । माघ २७ गते जनकपुरधाम उपमहानगरपालिका-१७ तेतरियास्थित सडक छेउमा फेला परेको शव धनुषाकै विदेह नगरपालिका वडा नम्बर ९ का मुस्लिम नदाफकी छोरी वर्ष २३ कि हलिना खातुनको रहेकाे बताइएकाे छ ।
शलले घाँटी कसी हलिना खातुनको हत्या गर्नेको पहिचान भइसकेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूगम बहादुर कुँवरले जानकारी दिनुभयो । यस्तै माघ २३ गते धनुषाकै औरही गाउँपालिकाको पौडेसरस्थित सडक छेउमा फेला परेको अन्दाजी २५ वर्षीया महिलाको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन ।