सुनकोशी नदीमा फेरीबाट तार्दै गरिएको यात्रुवाहक बस डुब्याे

माघ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनकोशी नदीमा फेरीबाट तार्दै गरिएको यात्रुवाहक बस डुब्याे

उदयपुर । उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीमा फेरीबाट तार्दै गरिएको एक यात्रुवाहक बस डुबेको छ ।

प्लाष्टिकका ड्रमलाई जोडेर स्थानीयस्तरमा बनाइएको फेरीमाथि राखेर उदयपुरबाट भोजपुरतर्फ तार्दै गरेको बस सन्तुलन बिग्रिएर डुबेको हो । सो बस फेरी सञ्चालकहरूमध्ये एक रत्न तामाङको रहेको प्रहरीले जनाएको छ । बससँगै डुबेका चालकलाई स्थानीयले उद्धार गरेका छन् । 

यात्रुहरू झार बस तार्ने भएकाले मानवीय क्षति नभएको हो । प्राविधिक परीक्षणविना सरकारी स्वीकृति नलिएर त्यहाँ फेरि सञ्चालन हुँदै आएको छ । फेरी सञ्चालकहरूले बोलेरो तथा साना सवारी साधनको २ हजारसम्म र यात्रुवाहक बस, ट्याक्टर र ठूला सवारीसाधनको ४ हजारसम्म शुल्क असुल्ने गरेका छन् । 

उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीको रानीटारमा मोटरेबल पुल २०७४ सालमा सिलान्यास गरी निर्माण थालिएको एक दशक नाघिसक्दा पनि बनेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.