निर्वाचनका लागि विभिन्न मुलुकबाट आएका पर्यवेक्षकद्वारा बुथहरूको अवलोकन

फाल्गुन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनका लागि विभिन्न मुलुकबाट आएका पर्यवेक्षकद्वारा बुथहरूको अवलोकन

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न मुलुकबाट आएका पर्यवेक्षकहरूले बुधबार मतदान बुथहरूको अवलोकन गरेका छन् ।

भारत, बेलायत, श्रीलंकालगायत आठ देशबाट आएको पर्यवेक्षण टोलीले मतदान बुथहरूसहित पाटनलगायतका पुरातात्विक क्षेत्रहरूको अवलोकन गरेका हुन् । निर्वाचन आयोगकाअनुसार उनीहरूले निर्वाचनको अवलोकन र पर्यवेक्षण गर्नेछन् ।

पर्यवेक्षण टोलीले कुन-कुन क्षेत्रको अवलोकन गर्नेछन् भन्ने बारेमा तय गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.