बैतडीको साँडीघाँटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मर्तकको सनाखत हुन बाँकी, घाइतेलाई डडेल्धुरा अस्पताल पठाइयो
पुस २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
बैतडीको साँडीघाँटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ साँडीघाँटीमा साेमबार बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मोतीनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २ सय २४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट तीन सय मिटर तल खसेको हो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । मृतक तीनै जना पुरूषको सनाखत हुन नसकेको उहाँको भनाइ छ ।

जिपमा कति जना सवार रहेका थिए भन्नेसमेत खुल्न सकेको छैन् । अन्य सबै घाइते घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.