सिमकोटमा फाइबर इन्टरनेट सेवा पूर्णरूपमा बन्द

पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिमकोटमा फाइबर इन्टरनेट सेवा पूर्णरूपमा बन्द

हुम्ला । माबु स्टेसनमा ऊर्जा आपूर्तिमा देखिएको समस्याका कारण मंगलबार बिहानदेखि हुम्ला सदरमुकाम सिमकोटमा फाइबर इन्टरनेट सेवा पूर्णरूपमा बन्द भएको छ।

फाइबरनेट सेवा ठप्प हुँदा कार्यालय, विद्यालय, सञ्चारमाध्यम तथा सर्वसाधारणको दैनिक अनलाइन गतिविधिमा व्यापक असर परेको छ । इन्टरनेट अवरुद्ध भएपछि आकस्मिक अवस्थामा बाहिरी क्षेत्रसँग सूचना आदान-प्रदान गर्न कठिनाइ भइरहेको छ, जसका कारण सर्वसाधारणमा तनाव र असहजता बढेको छ। 

ऊर्जा आपूर्ति अवरोधको समस्या समाधानका लागि जेनेरेटरसहितको प्राविधिक टोली माबुतर्फ प्रस्थान गरिसकेको नेपाल टेलिकम हुम्लाका प्राविधिक गोरा महतले जानकारी दिनुभएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.