डाँडागाँउमा एक हात्ती मृत फेला

पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
डाँडागाँउमा एक हात्ती मृत फेला

झापा । झापाको बुद्धशान्ति गाउँपालिका-३ डाँडागाँउमा एउटा हात्ती मृत फेला परेको छ।

स्थानीय लालबहादुर रसाइलीको खेतमा मंगलबार बिहान मृत हात्ती फेला परेको हो । स्थानीय बासिन्दाका अनुसार भाले हात्ती मृत अवस्थामा फेला परेको हो । हात्तीको मृत्युको कारण खुल्न सकेको छैन् । कोशी टप्पुबाट प्राविधिक आएर पोष्टमार्टम गरिने वन डिभिजन कार्यालय भद्रपुरले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.