विशेष महाधिवेशनलाई संविधान, कानुन र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैन : गगन थापा

पुस २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
विशेष महाधिवेशनलाई संविधान, कानुन र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्नुभएको छ ।

भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उहाँले संविधान, कानुन र निर्वाचन आयोगले समेत आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने जिकिर गर्नुभएको हो । महामन्त्री थापाले विशेष महाधिवेशनको वैधानिकतामाथि कानुनी प्रश्न उठाउने आँट कसैले गर्न नसक्ने समेत बताउनु भयो ।

महामन्त्री थापाले आफूहरूले कांग्रेसलाई जागृत गराउन पनि सो महाधिवेशन आयोजना गर्नु परेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.