धनकुटा अदालतको मेलमिलाप केन्द्रमा ३३० मध्ये ७२ मुद्दा मात्रै सफल

पुस २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटा अदालतको मेलमिलाप केन्द्रमा ३३० मध्ये ७२ मुद्दा मात्रै सफल

धनकुटा । आर्थिक वर्ष २०८०/०८१ देखि हालसम्म धनकुटा अदालतमा सञ्चालित मेलमिलाप केन्द्रमा पठाइएका ३ सय ३० मध्ये ७२ थान मुद्दा मात्रै आपसी मेलमिलापबाट टुङ्गिएका छन् । 

आर्थिक वर्ष २०८०/०८१ मा २५, २०८१/०८२ मा ४४ र चालुू आर्थिक वर्षको पाँच महिनामा मेलमिलापमा गएका ३१ मध्ये ३ थान मुद्दा सफल भएको जिल्ला अदालत धनकुटाका स्रेस्तेदार इन्द्रकुमार योङहाङले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.