
कपिलवस्तु । कपिलवस्तुमा चार जना तेस्रो लिंगी मतदाता रहेका छन् ।
०७९ को निर्वाचनमा दुई जना तेस्रो लिंगी मतदाता रहेकामा अहिले बढेर दोब्बर भएका हुन् । त्यस्तै २०७९ को प्रतिनिधि सभा निर्वाचनभन्दा २०८२ मा हुन लागेको निर्वाचनका लागि जिल्लामा १८ हजार ३३ मतदाता बढेका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा ३ लाख ९६ हजार २ सय ६५ मतदाता पुगेका छन् ।
जसमा पुरूष २ लाख ११ हजार ८ सय ४६, महिला एक लाख ८४ हजार ४ सय १५ र तेस्रो लिंगी ४ जना मतदाता छन् । २०७९ को निर्वाचनमा ३ लाख ७८ हजार २ सय ३२ मतदाता थिए ।