१९औं संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव सम्पन्न

पुस १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
१९औं संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव सम्पन्न

चितवन । १९औं संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव आइतबार सकिएको छ ।

अन्तिम दिन हात्तीको पिकनिक, हात्तीको पूजा र हात्ती फुटबलको फाइनल प्रतिस्पर्धासँगै महोत्सव समापन गरिएको हो । हात्ती फुटबल -पेनाल्टी सुटआउटमा अन्य ५ वटा हात्तीलाई पछि पार्दै कसरा पर्यटन व्यवसायी समितिको लक्ष्मीकली प्रथम भइन् । तीन दिनमा ५ राउन्ड चलेको प्रतियोगितामा लक्ष्मीकलीले कुल १२ गोल गर्दै ७ पेनाल्टी बचाएपछि उपाधि जितेको हात्ती फुटबल प्रतियोगिताका संयोजक विनोद तिम्सिनाले जानकारी दिनुभयाे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.