
काठमाडौं । जेन-जी अगुवा सुदन गुरुङ आइतबार जेन-जी आन्दोलनको न्यायिक जाँचबुझका लागि गठित आयोगमा पुगेर बयान दिनुभएको छ ।
उहाँले हामी नेपालसँग आबद्ध भएका आर्थिक कारोबारसम्बन्धी सम्पुर्ण जानकारी दिन कागजातसहित आयोगमा पुगेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो । हामी नेपालमाथि सहयोग दुरूपयोग गरेको लगायतको आरोप लगाएपछि गुरूङ खर्च र आम्दानीको विवरण बुझाउन आयोग जानुभएको हो ।
उहाँले आफू आबद्ध संस्थाको आर्थिक कारोबारसँगै भदौ २३ र २४ गतेको घटनाको बारेमा समेत बयान दिनुभएको छ । छानबिनमार्फत आर्थिक कारोबारको सत्य जानकारी आउने समेत उहाँले विश्वास लिनुभएको छ ।